Rule 15
औषधिको नमूनाको परीक्षण वा विश्लेषण

(१) यस नियमावली बमोजिम औषधिको परीक्षण वा विश्लेषणको लागि पठाइएको भा“डो प्राप्त भएपछि विश्लेषकले त्यस्तो भाडो र प्याकि·को बाहिरी आवरणमा लागेको सीलबन्दी समेत ठीक छ छैन जा“ची त्यसको अभिलेख राखी प्याकि· र भाडोलाई खोल्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम भा“डो खोली सकेपछि औषधिको नमूना विश्लेषकले परीक्षण वा विश्लेषण गरी त्यसको प्रतिवेदन अनुसूची–३ बमोजिमको ढा“चामा व्यवस्थापक कहा पठाउनु पर्नेछ ।